नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदाै ।
नेपाल आइडलल सिजन–३ को उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार राति भएको फाइनलमा प्रवीण बेडवाल र किरण भुजेलको भन्दा बढी भोट ल्याएर सज्जालले आइडलको उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेकी छन् ।
त्यस्तै, फस्ट रनरअप प्रवीण बेडुवालले १० लाख र सेकेन्ड रनरअप किरणकुमार भुजेलले ५ लाख नगद प्राप्त गरेका छन् ।
एपी वान एचडीबाट हरेक हप्ता विहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । लकडाउनका कारण यो वर्षको नेपाल आइडलको फिनाले ढिला भएको हो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए ।