नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदाै ।
नेपाल आइडलका उद्घोषक असिफ शाहलाई कोरोना संक्रमण भएको छ । असिफलाई कोरोना संक्रमण भए पछि शुक्रबार राति हुने नेपाल आइडल घोषणाको औपचारिक कार्यक्रम स्थगित भएको छ ।
असिफलाई विहीबारबाट नै ज्वरो आएको बुझिएको छ । उनी विहीबार नेपाल आइडलको कार्यक्रम स्टुडियोमा सञ्चालन गरेकोले आइडलको कार्यक्रममा सहभागीहरु शुक्रबार साँझ थापाथलीस्थित नेपाल आइडलको स्टुडियो अगाडि चिन्तित मुन्द्रामा थिए ।
विहीबार रेकर्ड गरिएको कार्यक्रम शुक्रबार देखाउने र विजेता घोषणा कार्यक्रम लाइभ देखाउने योजना भए पनि कोरोना संक्रमण फैलिएको त्रासका कारण कार्यक्रम आयोजना नै भएन । शुक्रबार कार्यक्रमको अन्त्यमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर शाहले विजेता घोषणा गरेका थिए ।
कार्यक्रममा सहभागीहरु न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र लगायत नेपाल आइडल, फस्ट रनर अप र सेकेण्ड रनर अप आइसाेलेसनमा जानु पर्ने भएकाले शुक्रबारको कार्यक्रम हुननसकेको बताइएको छ ।
नेपाल आइडल सज्जा चौलागाई जितेकी छिन् । फस्ट रनर अप प्रविण बेडुवाल भ एभने सेकेण्ड रनर अप किरण कुमार भुजेल भए ।