
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुईजना चिकित्सकसहित दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
केही दिनअघि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार प्रादेशिक अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार घोराहीका १० सहित १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

