यस्तो छ आजको मौसम पूर्वानुमान

आज पनि देशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ । अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज राति भने प्रदेश १ को एकाध ठाउँमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



सम्बन्धित समाचार