नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।

नेपालमा आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ११ जिल्ला
१. काठमाडौं
२. ललितपुर
३. पर्सा
४. महोत्तरी
५. रौतहट
६. मोरङ
७. बारा
८. सर्लाही
९. धनुषा
१०. चितवन
११. रुपन्देही
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

