सुन्धारा कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ ।

कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो । कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएपछि जोखिम थप बढेको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा पठाइएको थियो ।



आइतबार थपिएका मध्ये लक्षण भएकालाई अस्पताल र नभएकालाई आइसोलेसनमा पठाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार