नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदाै ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो । नियमित रूपमा डाकिएको बैठकमा सरकारका पछिल्ला काम र कोरोना रोकथामका प्रयासबारे छलफल हुने बताइएको छ ।
बैठकमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था र सरकारले गरेका काम कारबाहीका सँगसँगै राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि मनोनित गर्ने विषयमा छलफल हुने बुझिएको छ।
भदौ २० गतेसम्ममा अर्थमन्त्री डा। युवराज खतिवडालाई संघीय संसद्को सदस्य नबनाइएमा संवैधानिक प्रावधानका कारण उनी स्वतः अर्थमन्त्रीबाट मुक्त हुने भएकाले आजको बैठकमा उनलाई राष्ट्रियसभामा दोहोर्याउने निर्णय हुन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।