विश्वभर कोरोनाबाट ८ लाख ५० हजारको निधन, एकैदिन थपिए २ लाख २० हजार संक्रमित

विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ८५० पुगेको छ । संक्रमितमध्ये १ करोड ७७ लाख ४ हजार ८३३ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ४ हजार १८२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५० हजार ५४४ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ३९७ जनाको मृत्यु भएको छ । ३५ लाख ५५ हजार १९७ जना संक्रमित भएकोमा २० लाख ६५ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७० हजार ५१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ११ हजार ६७१ पुगेको छ । त्यसमध्ये ४२ लाख ३ हजार ३७ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा १ लाख ४१ हजार १६७ जनाको मृत्यु भएको छ । ६९ लाख ९२ हजार ४२६ जना संक्रमित भएकोमा ५५ लाख ९९ हजार ५४९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १ हजार १३६ जनाको मृत्यु भएको छ । ६२ लाख ४३ हजार ७०७ जना संक्रमित भएकोमा ४८ लाख ३२ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ६३३ जनाको ज्यान गएको छ भने १२ लाख ५० हजार ३७५ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७९ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ४०० जना संक्रमित भएकोमा २३ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने ३८ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २२१ जनाको निधन भैसकेको छ । २० हजार ८२२ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार