कोरोनाको जोखिम कम भएका मुलुक जान श्रम स्वीकृति खुल्ला

सरकारले वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूका श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको जोखिम कम भएका मुलुकहरूमा नयाँ श्रम स्वीकृति दिन शुरु गर्ने निर्णय गरेको हो।

स्रोतकाअनुसार दक्षिण कोरिया, जापान, इजरायल, साइप्रस, रोमानिया, पोल्यान्डलगायतका मुलुकमा रोजगारीका लागि जान श्रम स्वीकृति दिने निर्णय भएको हो।



कोरोना महामारी तथा लकडाउनका कारण सरकारले गत फागुनको अन्तिम सातादेखि सबै प्रकारका श्रम स्वीकृति स्थगन गरेको थियो। गत असार १८ गतेदेखि बिदामा आएर अड्किएका तथा भिसा अवधि बाँकी भएकाहरुका लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको थियो।

अन्य मुलुकहरुका सन्दर्भमा भने सामान्य अवस्था भएपछि मात्रै श्रम स्वीकृति खुल्ला हुने बताइएको छ।

सम्बन्धित समाचार