रुपन्देहीमा होम आइसोलेशन बसेकी संक्रमितको मृत्यु

रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेकी थिइन् । भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।



बुटवलको कोरोना अस्पतालमा बेड उपलब्ध नभएपछि उनलाई भैरहवास्थित भीम अस्पताल लगिँदै थियो ।

सम्बन्धित समाचार