नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसअनुसार काठमाडौंमा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा पछिल्लो समय ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

