काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनी आफैंले कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

शनिबार स्वाब दिएकामा सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।



उनले आफूमा कोरोनाको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको जानकारी दिए । अहिले आफू होम आइसोलेसनमा बसेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार