नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदाै ।

लमजुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज मात्र लमजुङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आज दिउँसो ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबार प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीक प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये ३ जना बेशीसहरमा कार्यरत सुरक्षाकर्मी हुन् भने एक जना महिला बेशीसहरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत रहेकी छन् भने अर्की एक महिला अस्पतालकी कर्मचारी हुन् । २ जना सञ्चारकमीर्मा पनि काेराेना संक्रमण पुष्टि भएको छ ।
बाँकी सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाकारी दिएको छ ।
लमजुङमा हालसम्म १५८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९३ जना उपचारपछि निको भएका छन् ।




