भोला रिजालका दम्पतिमा कोरोना पुष्टि, अस्पतालमा भर्ना

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित पत्‍नी डा. सरला घिमिरेलाई कोरोना पुष्टि भएको हो । दुवैलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन् । शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा. रिजालले बताए ।

‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौँ’ उनले भने । सुरुको दिनमा हल्का ज्वरो आए पनि हाल कुनै लक्षण नदेखिएको डा. रिजालले बताएका छन् ।



उनले बिरामीको स्वास्थ्य उपचार गर्दागर्दै चिकित्सकहरु कोरोना संक्रमित हुने र परिवारलाई पनि सर्न सक्ने जोखिम बढी रहेको बताए । उनले कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने बताए ।

सम्बन्धित समाचार