नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।
विश्वभर एकै दिन २ लाख ४४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४४ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख ३३ हजार १९४ पुगेको छ । संक्रमितमध्ये १ करोड ७९ लाख ३८ हजार ९८० जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ४ हजार २२१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार ७४७ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ७३५ जनाको मृत्यु भएको छ । ३५ लाख ८१ हजार ९७० जना संक्रमित भएकोमा २० लाख ७३ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७१ हजार ३८७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ५९ हजार ३५३ पुगेको छ । त्यसमध्ये ४२ लाख ४१ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ४२ हजार ४८२ जनाको मृत्यु भएको छ । ७० लाख ८६ हजार ४२२ जना संक्रमित भएकोमा ५६ लाख ८४ हजार ६९३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २ हजार ५१८ जनाको मृत्यु भएको छ । ६३ लाख १७ हजार ७५५ जना संक्रमित भएकोमा ४९ लाख २६ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २९ हजार ८८२ जनाको ज्यान गएको छ भने १२ लाख ५७ हजार ३१६ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ८७ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६८६ जनाको मृत्यु भएको छ । २८ हजार ६६६ जना संक्रमित भएकोमा २३ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने ३९ हजार ४६० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २२८ जनाको निधन भैसकेको छ । २१ हजार ४१० जना भने उपचारपछि निको भएका छन् ।