नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले नै बढेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरेहेको महासंघले जनाएको छ ।