लमजुङमा थपिए २६ जना कोरोना संक्रमित

लमजुङमा मंगलबार १४ वर्षीय नाबालकसहित थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । लमजुङको बेसीशहरका २६ जनामा संक्रमण पुष्टि भएको हो।

एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् । उनीहरु सबैको पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।



मंगलबार प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए । यसअघि हिजोमात्र लमजुङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

सम्बन्धित समाचार