काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको जनाएको छ ।



ती पुरुष गत भदौ ९ गतेदेखि अस्पतालमा उपचाररत थिए । तर केको उपचाररत थिए स्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन ।

सम्बन्धित समाचार