४ वर्षीया बालिकासहित कोरोनाको कारण थप ११ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणको कारण थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २३९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा महोत्तरीकी एक ४ वर्षीय बालिका र अन्य १० जना पुरुषहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ५५ प्रतिशत अर्थात २२ हजार १ सय ७८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । बितेको २४ घण्टामा थप ७ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।



त्यस्तै काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च हो । जसअनुसार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् ।

सम्बन्धित समाचार