नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।
जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा आज जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकोले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताए ।
मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङक्रमित रहेका छन । आज एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ ।
“ति १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्ंक्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौ ”, उनले भने । जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेकोसमेत जानकारी दिए । महिलामा ८ प्रतिशत, बुद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको उनको भनाई रहेको छ । डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने बताए ।