वीर अस्पतालका चिकित्सक, नर्ससहित ७१ जना संक्रमित

वीर अस्पतालका चिकित्सक, नर्स कर्मचारीलगायत ७१ जनामा कोरोना भाइरस  संक्रमण देखिएको छ । आज थप १३ जना नर्स र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै वीर अस्पतालमा कार्यरत ७१ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा। केदार सञ्चुरीले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएका चिकित्सक, नर्स तथा अन्य कर्मचारीमा कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएका छैनन् । संक्रमण पुष्टि भएका प्रायः होम आइसोलेसनमा रहेको र भोलिसम्मको अवस्था हेरेर अन्य निर्णय गरिने उनले बताए ।



उनले संक्रमितको अवस्था हेरेर होटल तथा होस्टेल बुकिङ गरेर आइसोलेसनमा राख्ने तयारी गरिएको पनि जानकारी दिए । पछिल्लो समय स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेपछि उपचारमा समस्या आइरहेको छ ।

सम्बन्धित समाचार