नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।

नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ६ जना पुरुष र ६ जना महिला रहेका छन् ।
पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । मंगलवार (हिजो) मात्र नेपालमा कोरोनाको कारण ११ जनाको मृत्यु भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । मंगलवार (हिजो) नेपालमा एकैपटक १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

