नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।

नेपालको ७७ जिल्लामध्ये हाल ७ जिल्लामा कोरोना संक्रमित छैनन् । ७ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
हाल कोरोना संक्रमित नभएका ७ जिल्ला
१. मुस्ताङ
२. हुम्ला
३. मुगु
४. डोल्पा
५. सोलुखुम्बु
६. भोजपुर
७. ताप्लेजुङ
नेपालमा आज (बुधवार) थप १ हजार १२० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ । प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

