उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ । गृहमन्त्रालयले उपत्यकाका तीनै जिल्लाका (काठमाडौं, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफल पछि आगामी भदौ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि तीनै जिल्लाका प्रजिअहरुले गत भदौ ३ गते बुधवारबाट १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेका थिए भने भदौ १० बाट आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छ । जोखिम कम नभएपछि फेरि १ साता निषेधाज्ञा थप्ने निर्णय गरिएको स्रोेतले जनाएको छ ।



स्रोतका अनुसार आम मानिसहरुको दैनिक जनजीवन सहज बनाउको लागि अघिल्लो पटकभन्दा निषेधाज्ञालाई केही खुकुलो बनाउन लागिएको छ ।

सम्बन्धित समाचार