अब २५ सयमै कोरोना परीक्षण

सेती प्रादेशीक अस्पतालमा स्वेच्छाले कोरोना परिक्षण गराउँदा दुई हजार पाँच सय रुपैयाँ लाग्ने भएको छ । सेती प्रादेशीक अस्पतालले आज एक सूचना जारी गरी निर्देशिका भन्दा बाहिरका अर्थात कसैले स्वेच्छाले कोरोनाको पीसीआर परिक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरेको जनाएको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशन र अस्पताल व्यवस्थापन समिति कार्यसम्पादन समितिको निर्णय अनुसार शुल्क तोकिएको प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले जानकारी दिए ।



यस अघि नेपाल सरकारले शुरुमा ५ हजार ५ सय र केहि दिन अघि मात्र त्यसलाई घटाएर ४ हजार ४ सयमा स्वेच्छाले कोरोना परीक्षण गर्न सकिने निर्णय गरेको थियो।

सम्बन्धित समाचार