नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदाैं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ छलफल भएको छ । राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने कि अर्थमन्त्री युवराज खतिवडालाई दोहोर्याउने भन्नेबारेमा विवाद बढेपछि समाधान खोज्न अध्यक्षद्धयबीच छलफल भएको स्रोतको दाबी छ ।
आजको भेटमा पनि ओली र प्रचण्डबीच राष्ट्रियसभामा कस्लाई पठाउने भन्नेमा सहमति हुन सकेन । यस्को जिम्मा भोलि बस्ने सचिवालयलाई नै दिइने भएको छ ।
यस्तै राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य गौतमलाई बनाउने गत फागुनको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने अडानमा प्रचण्ड छन् भने ओलीले खतिवडालाई नै फेरि राष्ट्रियसभा सदस्य बनाउने चाहना राखेका छन् ।
आजको भेटमा भोलिको बैठकको पूर्वतयारीका बारेमा पनि दुई अध्यक्षवीच कुराकानी भएको थियो । भोलिको सचिवालय बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल हुनेछ।