कोभिड संक्रमित चिकित्सकलाई बेड, आइसियु र भेन्टिलेटर उपलब्ध गराइने

कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरूलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ । एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरूलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको नवकान्तिपुरलाई प्राप्त विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै बैठकले अस्पतालहरूमा भिडभाड कम गर्न ओपिडी, विरामी, विरामीका आफन्त र हेल्थ केयर वर्करहरूका सम्बन्धी प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ । बैठकमा कोभिड १९ को विषयलाई लिएर तलबभत्ता माग गर्दै उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरूको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरूलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए ।

वीरगन्जको एक निजी अस्पतालमा तलवभत्ताको विषय उठान गरेर चिकित्सकहरू उपचार प्रक्रियामा सहभागी भएका थिएनन् ।

सम्बन्धित समाचार