नवकान्तिपुर संवाददाता
काठमाडौं
बागलुङमा बाढीले घरहरू बगाउदा ३० जना भन्दा बढी बेपत्ता भएका छन् । ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष दिपक थापाका अनुसार ३० जना भन्दा बढी सम्पर्कविहीन भएको जानकारी दिए । थापाका अनुसार दुई जनाको शव फेला परेको छ ।
बाढीले बस्ती नै बगाएको छ । बुधबार राति करिब १०-११ बजे भारी वर्षाका कारण ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ हुदैँ बग्ने भुजि खोलाले घरहरू बगाएको हो।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले घटना भएको जानकारी आएपछि राति नै उद्दार तथा बेपत्ताको खोजीको लागि नेपाली सेना तथा नेपाल प्रहरीको टोली खटाएको बताए । घटनास्थल पुग्न सदरमुकामबाट ६-७ घण्टा लाग्ने भएकोले उद्वार टोली घटनास्थल पुगिसकेको छैन ।