नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।

नेकपा सचिवालय बैठक चार घण्टापछि सारिएको छ। गृहकार्य नपुगेको भन्दै ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि बैठक सारिएको हो। सचिवालय बैठकमा कार्यदलका सदस्यहरुलाई समेत सहभागी गराउने तयारी गरिएको छ ।
कार्यदलका संयोजक विष्णु पौडेल सचिवालय सदस्य भएकाले अन्य नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसालललाई समेत राख्ने तयारी गरिएको छ।
बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई स्वामित्व ग्रहण गर्ने र स्थायी कमिटीमा पेस गर्न प्रस्तावको रूप दिने बुझिएको छ । सचिवालयले स्थायी कमिटी बैठक बोलाउने सम्भावना रहेको पनि स्रोतले जानकारी दियो । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।
