नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।
हलिउड अभिनेता डवेन जोन्सन र उनको परिवारका सबै सदस्यालाई कोरोना भाइरसको संक्रमण भएको छ । विश्वका सर्वाधिन आय गर्ने अभिनेता जोन्सनले आफूसहित श्रीमनी र दुई छोरीमा पनि संक्रमण देखिएको बताएका हुन् ।
संक्रमणबाट जोगिनका लागि सम्पूर्ण सावधानी अपनाउँदा पनि आफूहरु संक्रमित भएको उनले उल्लेख गरेका छन् । स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले जानकारी दिएका छन् ।
४८ वर्षका जोन्सन, उनकी ३५ वर्षे श्रीमती लरेन र चार तथा दुई वर्षका छोरीहरु ज्यासमिन र टिनालाई साढे दुइ हप्ताअघि कोरोना संक्रमण भएको हो ।
आफ्नो परिवार तथा नजिकका साथीबाट संक्रमण भएको हुन सक्ने उनले उल्लेख गरेका छन् ।