बालाजु बन्दैछ कोरोनाको हटस्पट, कहाँ कति संक्रमित ?

केहिदिन पहिलेसम्म काठमाडौं महानगरमा कोरोना संक्रमणको हटस्पट बनेको कोटेश्वर क्षेत्रलाई उछिन्दै अहिले बालाजु सर्वाधिक मानिस संक्रमित भएको क्षेत्र बनेको छ। काठमाडौं महानगरपालिकाको पछिल्लो तथ्यांकअनुसार सो क्षेत्रमा सबैभन्दा धेरै जनामा संक्रमण देखिएको छ।

काठमाडौं महानगरको वडानम्बर १६ स्थित बालाजु क्षेत्रमा २०८ जनालाई संक्रमण पुष्टि भइसकेको छ। महानगरका कोरोना फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार १४ गतेयताको पूर्ण तथ्यांक अझै आइसकेको छैन। बाँकी तथ्यांक आए महानगरमा कोरोना संक्रमितको संख्या थपिनेछ।



महानगरको तथ्यांकअनुसार बालाजु क्षेत्रमा २७ जना होम आइसोलेसनमा छन भने ६० जना अस्पतालमा उपचाररत् छन। २५ जना निको भइसकेका छन। दोस्रो नम्बरमा सबैभन्दा बढी संक्रमित रहेको स्थान कोटेश्वर पर्छ। यहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये ४३ जना घरमा र त्यतिनै व्यक्ति अस्पतालमा उपचाररत् छन। सो ठाउँका एकजनाको निधन समेत भइसकेको छ।

वडानम्बर ३ मा पर्ने महाराजगञ्ज क्षेत्रमा १८३ जनालाई कोरोना संक्रमण भइसकेको छ। जसमध्ये ३४ जना होम आइसोलेसनमा र ७४ जना अस्पतालमा रहेका छन। ७० जना निको भइसकेका छन। यस वडामा १ जनाको निधन भइसकेको छ।

वडानम्बर २७ स्थित इनबहाल क्षेत्रमा १५१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ४३ जना घरमै छन भने ३१ जना अस्पतालमा उपचाररत छन। यस वडामा दुई जनाको मृत्यु भइसकेको छ।

कलंकी, कुलेश्वर, बल्खु रहेको वडानम्बर १४ मा १३५ जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ४५ जना घरमा तथा २६ जना अस्पतालमा रहेका छन। वडानम्बर १५ मा रहेको स्वयम्भु क्षेत्रमा ११० जनामा संक्रमण पुष्टि भइसकेको छ।

वडानम्बर १३ स्थित कालीमाटीमा १२४ जनामा कोरोना पुष्टि भएको छ। यस वडामा होम आइसोलेसनमा ३६ तथा अस्पतालमा २२ जना उपचाररत छन। यसवडामा एक जनाको निधन भइसकेको छ।

सम्बन्धित समाचार