नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदाै ।

संचारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनतासँगमा प्रधानमन्त्रीले आफूलाई अन्तरवार्ता न दिएको विषयलाई आक्रोशको साथमा व्यक्त गर्दै बोलेको केहि शब्दप्रति ऋषि धमला पत्नी नायिका एलिजा गौतमले आपति जनाएकी छिन ।
केहि दिन अगाडी संचारकर्मी ऋषि धमलासँग प्रधानमन्त्री ओलीले अन्तरवार्ता दिएका थिए । उक्त विषयलाई लिएर रवि लामिछानेले सिधा कुरा जनतासँगको लाइभ कार्यक्रममै भनेका थिए ‘प्रधानमन्त्रीले ऋषि मुनि देखि शिसी मुनि सम्मलाई अन्तरवार्ता दिन भ्याए मलाइ दिएनन’। यही शब्दप्रति एलिजा आक्रोशित भएकी हुन्।
रविको उक्त शब्द प्रति ऋषि धमलाले भने कुनै प्रतिक्रिया दिएका छैनन् । हेरौ नायिका एलिजा गौतमले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस :


