नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
सुनको मूल्यमा शुक्रबार पनि सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।