नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
‘कौन बनेगा करोडपति १२’ चाँडै नै प्रसारणमा आउने तयारीमा जुटेको छ । जसका लागि निर्माण टिम यही सेप्टेम्बरदेखि छायांकनमा जाने तयारीमा जुटेका छन् ।
सोनी च्यानलले बिहीबार यसबारे जानकारी दिँदै भनेको छ, ‘होस्ट अमिताभ बच्चन र प्रतियोगीहरुसँग श्रृङ्खलाहरु छायांकन यहि सेप्टेम्बर ७ देखि सुरु हुँदै छ ।’ यसैक्रममा च्यानलले नयाँ सेटको पोस्टर पनि सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण ‘केबीसी १२’ को सेट पुनः एकपटक फिल्मसिटी मुम्बईमा निर्माण गरिएको हो । अहिले सुरक्षाको प्रोटोकलअनुरुप सेट निर्माणको अन्तिम तयारी गरिँदै छ ।
The wait is finally over! Here’s the first look of the newly constructed KBC set. Shoot starts from 7th September ! #KBC12 #KBC @SrBachchan @SPNStudioNEXT pic.twitter.com/x5LnKZ0rtL
— sonytv (@SonyTV) September 3, 2020
यो १२ औं श्रृङ्खलामा दर्शकविनै कार्यक्रम छायांकन गरिनेछ । तर प्रतियोगीहरुले आफ्नो परिवार भने ल्याउन पाउनेछन् । अहिले (फास्टेस्ट फिङगर राउन्ड) बाट छानिएका प्रतियोगीहरुलाई होटेल क्वारेन्टिनमा राखिएको छ । त्यहाँबाट बल्ल उनीहरुलाई छायांकन सेटमा लगिनेछ ।