अमिताभ र मलाइकाको शोका ‘क्रू मेम्बर’मा कोरोना संक्रमण

अभिनेता अमिताभ बच्चन कोरोना निको भएसँगै ‘कौन बनेगा करोडपति १२’ को छायांकनमा फर्किसकेका छन् । केही साताअघि उनले प्रोमोको छायांकन सकेका छन् भने निर्माण टिम यहि सेप्टेम्बर ७ देखि एपिसोडको छायांकनमा जाने तयारीमा जुटेको छ ।

तर बिहीबार बलिउड हंगामाले केबीसीको २ जना क्रू सदस्यमा कोरोना पोजेटिभ भएको खबर सार्वजनिक गरेको छ ।



यस्तै अभिनेत्री मलाइका अरोरा निर्णायक रहेको ‘इन्डियाज बेस्ट डान्सर’ का आठ क्रू सदस्यमा पनि कोरोना सक्रमण भएको खबर सार्वजनिक गरेको छ । यस डान्सिङ शोमा मलाईका साथै टेरेन्स लुइस र गीता कपुर निर्णायक हुन् ।

‘केबीसी’ को नियमित छायांकन अहिले भइनसके पनि ‘इन्डियाज बेस्ट डान्सर’भने नियमित छायांकनमा गएर नयाँ एपिसोड प्रसारणमा पनि आइसकेको छ ।

सम्बन्धित समाचार