पत्नीको हत्या आरोपमा अनामनगरबाट एकजना पक्राउ

आफ्नै पत्नीको हत्या गरेको आरोपमा काठमाडौंको अनामनगरबाट एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– २९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका घर भएका ३६ वर्षीय अजय विक सोमबार बेलुकी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी हरि बस्नेतका अनुसार उनले आफ्नै पत्नी ३३ वर्षीया पार्वती खड्कामाथि छुरा प्रहार गरी हत्या गरेका थिए ।



प्रहरीका अनुसार घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार