सुशान्त आत्महत्या केस : रियाका भाई सोबिक हिरासतमा

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले अनुसन्धान भईरहेको छ । अहिले सीबीआईले उनको आत्महत्या केस ह्याण्डिल गरिरहेको छ ।

यसैबीच शुक्रवार विहानै एनसीबीले कारवाही स्वरुप सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीको घरमा छापा मारेको छ । साथै एनसीबीले सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डाको घरमा पनि छापा मारेको छ । मिराण्डालाई भने एनसीबीले हिरासतमा लिएको छ ।



उनीहरुलाई हिरासतमा सोधपुछ गरिने बताइएको छ । शोबिकको घरमा एक डायरी पनि बरामद गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यसमा ड्रग पेडलरको नाम हुन सक्ने बताइएको छ । १७ मार्च २०२० मा स्यामूअल मिराण्डा र शोबिकको च्याट भएको थियो ।

च्याटमा १० लाखमा ५ ग्राम ड्रग्स किन्न दिनेबारे च्याटिङ भएको थियो । त्यसपछि उनीहरुलाई अहिले एनसीबीले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सम्बन्धित समाचार