नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
नेपाल पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

