नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ तारिखमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अनुसन्धान भईरहेको छ । अहिले उनको आत्महत्या प्रकरण सीबीआईले ह्याण्डिल गरिरहेको छ ।
यसैबीच बलिउड अभिनेती तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बारेमा नयाँ खुलासा भएको छ । उनको फोन क्लोनबाट रिया ड्रग्स कनेक्सनमा जोडिएको कुरा पत्ता लागेको छ ।
उनीविरुद्ध आत्महत्याको लागि उक्साउने र करोडौं रुपैयाँको घोटाला गरेको आरोप लागेको छ । अब भने उनको ड्रग्स र्याकेटमा सामेल भएको कुरा साम्ने आएको छ । अहिलेसम्म ड्रग्स कनेक्शनमा सुशान्तकी हाउस म्यानेजर स्यामूल मिराण्डा र रियाका भाई शोविकलाई हिरासतमा लिएको छ ।
जाँच एजेन्सीले गरेको रियोको फोन क्लोनमा अचम्मित बनाउने खुलासा भएको छ । उनी अवैध ड्रग्स खरिद गर्ने गरेको पाइएको छ ।