नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।

नेपालमा आज (शनिवार) १ हजार ४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६० प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हिजो (शुक्रवार) १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
