नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदाै ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत नेपाल कमर्श क्याम्पसका सह–प्राध्यापक डा. गोपाल थापा एक प्रतिष्ठित अमेरिकी पुरस्कारको मनोनयनमा परेका छन् । बजारशास्त्रीहरूको संसारकै सबैभन्दा ठूलो संस्था मानिने ‘अमेरिकन मार्केटिङ एशोसिएशन’ ले प्रत्येक वर्ष प्रदान गर्ने र बजारशास्त्रको नोवेल पुरस्कार मानिने, 2020 AMA Higher Education Marketer of The Year Individual Award को मनोनयनमा पुनः पर्न डा. थापा सफल भएका हुन् ।
२०५६ सालदेखि नेपाल मकर्श क्याम्पस मीनभवनमा बजारशास्त्र विषय प्राध्यापन गर्दै आएका डा. थापा गतवर्ष पनि मनोनयनमा परेर अन्तिम चरणमा बाहिरिएका थिए । उक्त पुरस्कारको लागि मनोनयनमा पर्ने डा. थापा एकमात्र भाग्यमानी नेपाली हुन् ।
डा. थापा टेलिभिजन विज्ञापनमा विद्यावारिधि गर्ने पहिलो नेपाली पनि हुन् । उनी ournal of International Business and Management (JIBMs) / International Journal of Sales and Marketing Management (IJSMM) का समेत सम्पादक रहेका रहेका छन् । डा. थापाका राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ५५ वटाभन्दा बढी जर्नलहरूमा अनुसन्धानात्मक लेखहरू प्रकाशित भएका छन् भने बजारशास्त्र विषयमा १४ वटाभन्दा बढी पुस्तक पनि प्रकाशित भएका छन् ।
मनोनयनको अन्तिम नतिजा प्रकाशन आगामी नोभेम्बरमा हुनेछ ।

