आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएको महामशाखाले जनाएको छ ।



आज राति भने अहिले हल्का वर्षा भइरहेका प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन महानशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार