१३ प्रकारका जडिबुटी मिश्रित ‘सञ्जीवनी हर्बल चिया’ बजारमा

हरियाली मसला उद्योग, स्याङ्जाले १३ प्रकारको जडिबुटी मिश्रित ‘सञ्जीवनी हर्बल चिया’ उत्पादन गरेको छ । उक्त चियामा गुर्जो, हर्रो, बर्रो, तुलसी, दालचिनी, तेजपात, लेमनग्रास, जेठीमधु, चुत्रो, खयर, सुठो, अमला, सुकमेल मिसाइएको छ ।

गाउँमा सजिलैसँग पाइने घरेलु जडिबुटीहरू जम्मा गरी स्याङ्जामा यस चियाको उत्पादन सुरु गरिएको हो । यस हर्बल चिया दिनहुँ सेवन गर्दा स्मरण शक्तिको विकास, पुरानो खोकी तथा ज्वरो, दम, मधुमेह, उच्च रक्तचाप सन्तुलन जस्ता नयाँ तथा पुराना विभिन्न रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि हुने हरियाली मसला उद्योगका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए ।



उक्त चियामा मिसाइएको गुर्जोले अहिले फैलिएको कोरोना भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भएकोले स्वस्थ्य जीवनका लागि सञ्जीवनी हर्बल चिया अति प्रभावकारी रहेको कम्पनीबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार