निषेधाज्ञाको अवधिमा पनि उपत्यकामा सवारीको चाप (फोटो फिचर)

काठमाडौं उपत्यकामा अहिले आगामी बुधबारसम्मका लागि निषेधाज्ञा जारी छ । तर निषेधाज्ञाको समयमा पनि सडकमा सामान्य दिनमा जस्तै सवारीसाधनको चाप बढेको छ भने गल्लीहरूमा सर्वसाधारणको चहलपहल पनि बढ्दै गएको छ । सकड तथा भित्री गल्लीहरूमा प्रशासनले निगरानी भएको देखिँदैन र सवारी साधनमा चेकिङमा पनि खासै कडाइ गरेको देखिदैन ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकामा निषेधाज्ञा जारी भए पनि जनस्तरमा जनस्वास्थ्यका न्युनतम मापदण्डहरूको समेत पालना हुुन नसक्दा संक्रमणको जोखिम झनै बढ्ने देखिन्छ । उपत्यकामा संक्रमणको जोखिम बढिरहेको भन्दै गत भदौ ४ गतेदेखि जारी गरिएको निषेधाज्ञा पुनः दोस्रो पटक गत बुधबार एक साताका लागि थप गरेर आगमी २४ गतेसम्म लब्याइएको हो ।



उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूबाट गत बुधबार जारी २९ बुँदे निर्णयमा के–के सञ्चालन गर्न पाउने उल्लेख गरिएको थियो । उक्त निर्णय अनुसार अत्यावश्यक वस्तु तथा सेवाअन्तर्गत औषधि, पानी, दैनिक उपभोग्य वस्तु ग्यास, इन्धन, मेडिकलजन्य सामग्री र स्वास्थ्यकर्मीका सवारी निर्वाध रूपमा सञ्चालन गर्न पाउने कुरा उल्लेख गरिएको छ भने खाद्य वस्तु, किराना तथा तरकारी पसल, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा–मासु बिक्री वितरणका लागि बिहान ११ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसैगरी, नेपाल सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पूरा गरी उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल तथा व्यापार व्यवसाय, निर्माण सामग्री ढुवानी सेवा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचार