नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौ ।

राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ। आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेकोले उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुर निवासी उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ ।
आक्रमणकारी सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी कार्कीको पहिचान समेत भइसकेको हुँदा उनलाई तत्काल पक्राउ गर्न काभ्रेका पत्रकारहरुले आग्रह गरेका छन् । कार्की प्रेस युनियनका केन्द्रीय समेत हुन् ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ । महासंघले कार्कीको तत्काल उपचार र क्षतिपूर्ति समेत आक्रमण गर्ने व्यक्तिबाट भराउन माग गरेको छ । उता, प्रेस युनियनले घटनाको भत्र्सना गरेको छ ।


