स्थानीयस्तरमा सहयोगी हात बढाउँदै रिद्धिसिद्धि सिमेन्ट

हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आइसोलेसन वार्डमा रहनु भएका ६२ जना संक्रमितहरुको लागि फलफूल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोही अनुसारको खाद्य सामाग्री र संक्रमित भई आइसोलेसनमा रहँदा पनि निरन्तर घर परिवारसँग सम्पर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको रु. २०० बराबरको रिर्चाजकार्ड र तातोपानी खाने कप लगायत विभिन्न सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै रिद्धिसिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले उद्योगले स्थानीय समुदायको दुःखसुखको सारथि बन्न रिद्धिसिद्धि सिमेन्ट सदैब तैयार रहने बताए । त्यस्तै कार्यक्रममा हेटौंडा उप महा नगरपलिकाका प्रमुख हरिबहादुर महतले संक्रमितहरूको हौसला बढाउदै सचेत रही स्वस्थ खानपिन एवम् नियमित व्यायम गर्ने हो भने कोरोना मात्रै हैन भविष्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताए । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको समेत समुपस्थिति रहेको थियो ।



विभिन्न समयमा उद्योगले गरेका सामाजिक कार्यको चर्चा गर्दै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगीहरूले देखाएको सदासयताको भावले समाजमा सकारात्मक प्रभाव पर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, बडा नंम्बर ६ अध्यक्ष अर्जुन चौलागाईं, कर्रा आइसोलेसान वार्डका ईन्चार्ज भोला चौलागाइंर्, गौरीटार आइसोलेसान वार्डका ईन्चार्ज डा. सागर काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार