पछिल्लो २४ घण्टामा काेराेना संक्रमणद्वारा कतिले ज्यान गुमाए ?

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला, मोरङका, पर्सा, धनुषा, चितवनका एक(एक पुरुष र काठमाडौंका तीन पुरुष गरी ७ जनाको मृत्यु भएको छ ।



स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार