स्वास्थ्यमन्त्री ढकालका परिवारलाई कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् । परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् ।

परिवारका सदस्यलाई संक्रमण भएकाले घरबाटै मन्त्रालयको काम गरेको मन्त्री ढकालले बताए । ‘म तीन दिनदेखि होम क्वारेन्टिनमा छु । परिवारको सदस्यलाई संक्रमण देखिएकाले घरमै बसेको हो,’ उनले भने, ‘प्रोटोकलअनुसार ५ दिन बसेर पीसीआर गरेपछि मात्रै बाहिर निस्कन्छु ।’



स्वास्थ्यकर्मीको सुझावका आधारमा बाहिर निस्किने उनले बताए । यसअघि सीसीएमसीको एक कार्यक्रममा सहभागी एक कर्मचारीमा कोरोना पुष्टि भएपछि मन्त्री ढकाल ३ दिन होम क्वारेन्टाइनमा बसेका थिए ।

सम्बन्धित समाचार