नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदाै ।

उद्दोगपति विनोद चैधरीले कोरोना जितेपनि उनकै कम्पनीमा कार्यरत ४२ जनामा भने कोरोना संक्रमण पुष्टि भएको छ । बाँसगढीमा संचालित चौधरी ग्रुपका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन्।
भेरी अस्पताल नेपालगन्जको कारोना प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुर हुन् । संक्रमण पुष्टि भएका मध्येमा ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना छन् भने अन्य ४ जना विभिन्न जिल्लाका भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि गएको विहीबार चौधरी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत कामदारमा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको थियो । एक महिला कामदारमा कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङमा परेका २ सय २४ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये ४२ जनामा कोरोना देखिएको हो।

