काठमाडौँको बुद्धनगरस्थित आफ्नै सैलुनमा मृत भेटिए सञ्चालक

काठमाडौँको बुद्धनगरस्थित एक सैलुनमा त्यसका सञ्चालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोमबार बिहान सवा ९ बजेतिर काठमाडौँ–१० बुद्धनगरस्थित न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुरको शव लडिरहेको अवस्थामा सैलुनमै भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

सैलुनको ढोका आधा खुलेको अवस्थामा अन्दाजी ३५ वर्षका ठाकुरको शव भेटिएको हो । मुखबाट रगत आएको भए पनि प्रारम्भिक अनुसन्धानबाट संकास्पद अवस्था नदेखिएको प्रहरीको भनाई छ ।



शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राठौरले बताएका छन् ।

सम्बन्धित समाचार